२०८३ साउन १४ बिहिबार

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ १४ देखि

ई आर्थिक    मंगलबार, जेष्ठ १६ २०८०
6K
Shares
अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ १४ देखि

ई–आर्थिक, काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्सुरेन्स आगामी जेठ १४ गतेदेखि एकीकृत कारोबारमा जाने भएका छन् । दुई कम्पनी मर्जर भएर युनाइटेड अजोड इन्सुरेन्सको नामबाट एकीकृत कारोबारमा जाने भएका हुन् ।

एकीकृत कारोबारका लागि कम्पनीले जेठ २ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको हो भने जेठ ९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । यस्तै, कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । दुई कम्पनीबीच १००ः८२.५ स्वाप रेसियोको अनुपातमा मर्जर भएका हुन् ।

अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । योसँगै दुवै कम्पनीले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेका छन् । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो ।

बीमा कम्पनीहरुको फोर्स मर्जरमा लैजान चाहेको बीमा प्राधिकरणले तोकेर नै जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ भने निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । यो बाध्यात्मक व्यवस्थाकाबीच कम्पनीहरु धमाधम मर्जरमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij