२०८३ साउन १७ आइतबार

महालक्ष्मी विकास बैंक विद्यालय, पार्क र मन्दिरलाई सहयोग

ई आर्थिक    बिहिबार, चैत्र २ २०७९
6.3K
Shares
महालक्ष्मी विकास बैंक विद्यालय, पार्क र मन्दिरलाई सहयोग

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको छ । बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका–३ मा अवस्थित ‘दिल्पेश्वर माध्यमिक विद्यालय’लाई दुई थान स्टिलको पानी ट्यांकी सहयोग गरेको बताइएको छ ।

त्यसैगरी, मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका–३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरी सवारीसाधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाइडर गरेको हो ।

त्यस्तै बैंकको पुतलीसडक शाखाद्वारा काठमाडौं महानगरपालिका–२८ मा अवस्थित ‘झिगु इच्छुमती पार्क’का लागि ६ थान कुर्सी हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij