२०८३ साउन ११ सोमबार

माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ गते देखि निष्कासन हुँदै

ई आर्थिक    बुधबार, माघ ४ २०७९
6.6K
Shares
माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ गते देखि निष्कासन हुँदै

ई–आर्थिक, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा माघ १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको रू.१ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ । त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २७ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत देखाउँछ ।

कम्पनीले प्रबर्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू.२० करोड १३ लाख ४२ हजार रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. ३ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij