२०८३ साउन १० आइतबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न, पहिलो कार्यक्रममै ३७ जना सहभागी

ई आर्थिक    शनिबार, पौस ९ २०७९
5.2K
Shares
महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न, पहिलो कार्यक्रममै ३७ जना सहभागी

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सुरुवात गरेको नयाँ कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ घारमा नयाँ कार्यक्रम अन्तर्गतको सो पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।

पुस ७ गते सम्पन्न सो कार्यक्रम अन्नपूर्ण गाँउपालिका-६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयमा संचालन भएको हो । कार्यक्रममा स्थानीय स्वयंसेविका, आमा समुह र महिला जनप्रतिनिधि समेत गरेर ३७ जनाको सहभागिता रहेको थियो ।

अन्नपूर्ण गाँउपालिका वडा नं.–६ का अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तीकरण कार्यक्रममा प्रमुख अथिति अन्नपूर्ण गाँउपालिका अध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरुलाई जागरुक सूसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आयआर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरेकी छिन् ।

दुरविन डाँडा कृषक समुहका सरिता बरुवाल खड्काले संचालन गरेको उक्त कार्यक्रमा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रीले महालक्ष्मी लाइफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनीय रहेको बताएकी छिन् ।

सर्वोत्तम पिठो उत्पादन समुहकी सचिव शुशिला कार्की र मालिका कृषक समुहकी अध्यक्ष सपना बरुवालले समाजमा महिलाहरुश्लाई आत्म निर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा व्यक्त गरेकी छिन् । महालक्ष्मी लाइफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरुलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रुपमा सक्षम हुने भन्ने बारेमा तालिम प्रदान गरेकी थिइन् ।

क्षेत्रीय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा ग्रामीण क्षेत्रका महिलाहरुलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij