२०८३ भाद्र ३० मंगलबार

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
3.1K
Shares
बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

२६ वैशाख, काठमाडौँ । नेपालमा आगामी स्थानीय चुनावको चर्चा चलिरहँदा उता बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् ।

आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लाग्नुभएको हो । उहाँ हाल बेलायतको लेबर पार्टीबाट काउन्सिलर हुनुहुन्छ ।

बेलायती संसद्को प्रमुख प्रतिपक्ष पार्टी लेवर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यबाट संसदीय निर्वाचनको चुनावमा उम्मेदवार हुन आवेदन मागेकोमा डा कैनीले आवेदन दिनुभएको हो ।
डा कैनीले रासससँग कुरा गर्दै आगामी मे ११ मा औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउने जानकारी दिनुभयो ।

बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको यो पहिलोपटक हो । उहाँले आफ्नो निर्वाचनको मुख्य योजना डार्टफोर्ड क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा, यातायात र सहरी विकास रहेको बताउनुभयो ।

सन् २००५ मा बेलायत प्रवेश गर्नुभएका कैनीले सन् २०१३ मा लेवर पार्टीको सक्रिय सदस्य, सन् २०१४ मा महासमिति सदस्य र सन् २०१५ मा काउन्सिलर पदमा निर्वाचित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij