२०८३ साउन २३ शनिबार

निक्षेपको उच्च ब्याजदरमा राष्ट्र बैंकको नियन्त्रण

ई आर्थिक    बुधबार, कार्तिक ३ २०७८
2.8K
Shares
निक्षेपको उच्च ब्याजदरमा राष्ट्र बैंकको नियन्त्रण

ई-आर्थिक, काठमाडौं । बैंक वित्तीय संस्थाहरुले बृद्धि गरेको निक्षेपको उच्च ब्याजदरमा राष्ट्र बैंकले नियन्त्रण गरेको थालेको छ । बैंकहरूले कात्तिकमा लागू हुने गरी प्रतिस्पर्धी रुपले दोहोरो अंकमा निक्षेपको उच्च ब्याजदर कायम गरेपछि नेपाल राष्ट्र बैंकले नियन्त्रण गरेको हो । निक्षेपको ब्याजदरप्रति उद्योगीहरूले मंगलबार पत्रमार्फत ध्यानाकर्षण समेत गराएका थिए। यसैक्रममा राष्ट्र बैंकले मंगलबार राति नै बैंकहरूले निर्धारण गरेको ब्याजदरमा परिमार्जन गर्न सीमा तोकिदिएको छ ।

केन्द्रीय बैंकले ब्याजदरसम्बन्धी तीन बुँदे निर्देशन जारी गरेको छ। यसअनुसार अबदेखि जुनसुकै निक्षेपको ब्याज निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिनाको भन्दा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने छ। यसो हुँदा बैंकको असोजमा १० प्रतिशत ब्याजदर भएमा एक प्रतिशत बिन्दुले मात्र ब्याजदर घटबढ गर्न सक्छन् ।

यसको अर्थ बैंकले सोही अनुपातमा कि त घटाएर ९ प्रतिशत, कि त बढाएर ११ प्रतिशतसम्म निर्धारण गर्न सक्छन् । तर, एक्कासि ठूलो अन्तरमा घटबढ गर्न नपाउँने राष्ट्र बैंकले जनाएको छ । यस्तै, केन्द्रीय बैंकले बुधबारबाटै लागू हुनेगरी संस्थागत मुद्दती निक्षेपको ब्याजदरलाई समेत नियन्त्रण गरेको छ।

निर्देशन अनुसार संस्थागतको ब्याज व्यक्तिगतको भन्दा एक प्रतिशत बिन्दु कम निर्धारण गर्नुपर्ने छ। यो व्यवस्था बोलकबोलमा पनि लागू हुनसक्ने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले कात्तिकका लागि नयाँ ब्याज असोजमा तय भएको ब्याजका आधारमा निर्धारण गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij