२०८३ साउन २२ शुक्रबार

व्यवसायी सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने

ई आर्थिक    बुधबार, असोज १३ २०७८
8.1K
Shares
व्यवसायी सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने

ई–आर्थिक, काठमाडौं । बागमती प्रदेशको धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने धादिङ्ग आंखु खोला हाइड्रो प्रालिद्वारा प्रवद्र्धित रहेका ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजना व्यवसायी अजेयराज सुमार्गीले निर्माण गर्ने भएका छन् ।

उक्त आयोजना निर्माणको लागि सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा नेपाल एस.बि.आइ बैंक लि, नेपाल बङ्गलादेश बैंक लि, मेगा बैंक नेपाल लि., र सिभिल बैँक लि. बाट ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

परियोजनाको अनुमानित लागत करीब रु. ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा रु. ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ र २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij