२०८३ साउन १४ बिहिबार

महिला चेम्बरको दशै र तिहार व्यापार मेला सुरू, अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रबद्र्धन

ई आर्थिक    मंगलबार, असोज १२ २०७८
7.6K
Shares
महिला चेम्बरको दशै र तिहार व्यापार मेला सुरू, अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रबद्र्धन

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि दशै, तिहार व्यापार मेला २०२१ को आयोजना हुंदैछ ।

२०७८ असोज १३ गते विहान १० बजे देखि सांझ ६ बजे सम्म सिटि सेन्टर,कमलपोखरी, काठमाडौं मा आयोजना हुने उतm कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लवाट हुने भएको छ ।

नेपाली महिला उद्यमीहरुको प्रवद्र्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उतm मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिईएको छ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत रहि नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरि महिला उद्यमशीलता विकासको लागि नेपाल महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवद्र्धनात्मक कार्य हुंदै आईरहेको छ । यस मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij