२०८३ साउन २२ शुक्रबार

मेवाखोला जलविद्युत आयोजनामा सात बैंकको सात अर्ब लगानी, सिटिजन्स बैंकको अगुवाइ

ई आर्थिक    शुक्रबार, साउन ८ २०७८
5.8K
Shares
मेवाखोला जलविद्युत आयोजनामा सात बैंकको सात अर्ब लगानी, सिटिजन्स बैंकको अगुवाइ

ई–आर्थिक, काठमाडौं । मेवाखोला जलविद्युत आयोजनामा सात बैंकको सात अर्ब लगानी गर्ने भएका छन् । ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले उक्त रकम लगानी गर्ने भएका हुन् ।

युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको सो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएका हुन् । कूल रु सात अर्बमध्ये रु छ अर्ब ७५ करोड आवधिक कर्जा र रु २५ करोड चालुपूँजी कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको आज जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाको कूल लागत रु नौ अर्ब रहेको छ । त्यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वलगानी रहेको छ ।

सम्झौतानुसार सिटिजन्स बैंकले रु एक अर्ब ४५ करोड, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समान रुपमा रु एकरएक अर्ब, एसबीआई बैंकले रु ८० करोड र सिभिल बैंकले रु ५० करोड लगानी गर्ने सम्झौता गरेका छन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुमा सबस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij