२०८३ साउन २१ बिहिबार

उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा आफ्नो कार्यकाल सफल रहेको दाबी

ई आर्थिक    मंगलबार, असार २९ २०७८
2.9K
Shares
उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा आफ्नो कार्यकाल सफल रहेको दाबी

ई–आर्थिक, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल रहेको दाबी गरेका छन् । पौडेलले कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद समेत दिएका छन् ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा–छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउनुहुने मन्त्रीहरुलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij