२०८३ साउन ८ शुक्रबार

भूतको डरले पुरै गाउँ अतिरिक्त सुविधा सहित एउटा फ्ल्याटको मूल्यमा बेचिँदै

ई आर्थिक    सोमबार, असार २१ २०७८
31.8K
Shares
भूतको डरले पुरै गाउँ अतिरिक्त सुविधा सहित एउटा फ्ल्याटको मूल्यमा बेचिँदै

ई–आर्थिक, काठमाडौं । संसारमा यस्ता कैयौं ठाउँहरु छन् जुन ठाउँको रहस्य बुझ्न निकै कठिन छ । केही कुराहरुले यी ठाउँलाई यति डरलाग्दो बनाएका हुन्छन् कि त्यो कुराको चर्चा दशकौंपछि पनि भइरहन्छ । स्कटल्याण्डको एक प्राचीन गाउँको पनि यस्तै एउटा कथा छ ।

प्रेतवाधित अर्थात भूतले तर्साउने भनिने यो गाउँ अब निकै सस्तोमा बेचिँदैछ । यसको मूल्य पनि तय भइसकेको छ र यो गाउँ किन्ने मानिसलाई केही अतिरिक्त सुविधा पनि दिइनेछ ।

यो प्राचीन स्कटिस गाउँ १ लाख २५ हजार पाउण्ड ९करिब २ करोड रुपैयाँ० मा बिक्रीका लागि खुला गरिएको छ । रोचक त के भने स्कटल्याण्डका कैयौं शहरमा एक फ्ल्याटकै मूल्य योभन्दा धेरै पर्छ । एडिनबरा लाइभको एक रिपोर्टका अनुसार ओल्ड भिलेज अफ लयर्स पर्थशायरमा लोच ताइको तटमा छ । यो गाउँ ३.१ एकडमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij