२०८३ भाद्र ३० मंगलबार

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

ई आर्थिक    आइतबार, चैत्र २० २०७३
8.1K
Shares
असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

२० चैत, कञ्चनपुर । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ ।

असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथले बताउनुभयो ।

“असिना पानीले तरकारी बालीमा ९० प्रतिशत र सुन्तला र कागतीमा ६० प्रतिशत क्षति पु¥याएको छ” उहाँले भन्नुभयो । वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको उहाँले बताउनुभयो ।

असिना पानीले गर्दा तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाइको स्रोतमा समेत असर परेको उहाँको भनाइ रहेको छ । साना गाउँ नजिकका क्षेत्रमा समेत असिना पानीले क्षति पु¥याए पनि क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य भइरहेको छ ।

असिना पानी राति करिब एक घनटासम्म परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij