२०८३ साउन ९ शनिबार

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

ई आर्थिक    बुधबार, जेष्ठ २८ २०७७
9.7K
Shares
आलुको उचित मूल्य नपाउँदा किसान मारमा

सर्लाही : आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन्। बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावटका कारण यहाँका किसान मारमा परेका हुन्। उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री हुन छाडेका छन्। भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरु आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए।

भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ, उनले भने, उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ। स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ। त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन।

बजारमा अहिले रातो आलु प्रतिकेजी २८ रुपैयाँ र सेतो आलु प्रतिकेजी २४ रुपैयाँका दरले बिक्री भइरहेको छ। तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलुखेतीको विकल्प खोज्न थालेका छन्। पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ, अर्का किसान शिवजी महतोले भने, गएको वर्ष पनि आलुखेतीबाट ६० हजार रुपैयाँ नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो। पाँच वर्ष पहिले प्रतिकेजी ३७ रुपैयाँमा बिक्री भएको आलु अहिले २५ देखि ३० रुपैयाँमा बेच्नुपरेको अर्का किसान रोहन महतोको गुनासो छ।

जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ। बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानले खेतबारीमै आलु थुप्रो लगाएर राखेका छन्। जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा यहाँका किसान थप मारमा परेका छन्। जिल्लामा शीतभण्डारका लागि पटक पटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन्।

राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानले बताएका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका बेलामा पनि भारतीय आलु आयात हुँदा आफूहरु अचम्मित भएको किसानको भनाइ छ। अहिले जिल्लाका अधिकांश बजारमा भारतीय आलु, प्याज तथा कागतीको बिगबिगी छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij