२०८३ साउन ९ शनिबार

जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्षमा ज्ञानबहादुर तामाङ सर्वसम्मत, नयाँ कार्यसमितिमा अरू को–को ?

ई आर्थिक    बिहिबार, पौस १७ २०७६
12.7K
Shares
जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्षमा ज्ञानबहादुर तामाङ सर्वसम्मत, नयाँ कार्यसमितिमा अरू को–को ?

ई–आर्थिक, काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको नयाँ कार्यसमिति चयन सर्वसम्मत भएको छ । संघका उपाध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति बन्ने सहमतसँगै निर्वाचन हुने सम्भावना पनि टरेको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य समेत रहेका उनी नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।

संघको भोली १८ गते हुने २० औं साधारणसभाको लागि सो सर्वसम्मत भएको हो । प्रसस्तै उम्मेद्वारका आकाक्षी हुँदाहुदै पनि संघले नयाँ कार्यसमिति चयनलाई सर्वसम्मतमा टुंग्याउन सफल भएको संघका अध्यक्ष टेकप्रसाद चौलागाईले जानकारी दिए ।

सर्वसम्मतका लागि लामो समय छलफल भएको थियो । छलफलमा नेकपा र नेपाली काँग्रेस समर्थक सहकारीबीच मूख्य छलफल भएको बुझिएको छ ।

संघको उपाध्यक्षमा खेमराज सुबेदीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ भने महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा मनोज भण्डारी, सचिवमा बालकुमार बास्तोला र कोषाध्यक्षमा सीता भट्टराईलाई सर्वसम्मत चयन गर्ने निर्णय भएको छ ।

त्यसैगरी सर्वसम्मतमा परेका सञ्चालकहरुमा अमारावती महर्जन, सुदर्शन थापा, रमेश विडारी, सपना अर्याल, दयाराम प्रजापति, रविन्द्र श्रेष्ठ र अर्जुन भट्टराई रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा सुमन के.सी.लाई चयन गर्ने सर्वसम्मत भएको छ भने सदस्यमा गीता रेग्मी र देबकुमार श्रेष्ठलाई सर्वसम्मत भएका छन् ।

यो सर्वसम्मत कार्यसमितिले भोली साधारणसभा पछि मात्रै बैद्यता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij