२०८३ भाद्र २४ बुधबार

रसुवा बाढीको क्षति मूल्यांकन यथार्थपरक बनाउन अर्थमन्त्री डा. वाग्लेको निर्देशन

ई आर्थिक    बुधबार, भाद्र २४ २०८३
95
Shares
रसुवा बाढीको क्षति मूल्यांकन यथार्थपरक बनाउन अर्थमन्त्री डा. वाग्लेको निर्देशन

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीबाट भएको भौतिक क्षति र पुनर्निर्माणका लागि आवश्यकताको मूल्याङ्कन (आरडीएनए) यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैंकले तयार गरिरहेका प्रारम्भिक क्षति मूल्याङ्कनबारे छलफल गर्दै मन्त्री वाग्लेले सरकारलाई सही निर्णय लिन र पुनर्निर्माणका लागि आवश्यक लगानी जुटाउन विश्वसनीय राष्ट्रिय प्रतिवेदन आवश्यक रहेको बताए।

राष्ट्रिय योजना आयोगले बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको प्रारम्भिक विवरण तयार गरिरहेको छ भने विश्व बैंकले विश्वव्यापी विपद्-पश्चात् द्रुत क्षति अनुमान (GRADE) तयार पारेको छ।

क्षतिको मूल्याङ्कन सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्तरक्षेत्रीय गरी चार क्षेत्रमा विभाजन गरिएको छ। सामाजिक क्षेत्रमा घर तथा सार्वजनिक संरचना, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदामा भएको क्षति समेटिएको छ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा कृषि, मत्स्य, पशुपन्छी तथा आर्थिक गतिविधि, पूर्वाधार क्षेत्रमा जलविद्युत्, प्रसारण लाइन, सडक, पुल, दूरसञ्चार, सिँचाइ तथा नदी व्यवस्थापनलगायतको क्षति मूल्याङ्कन भइरहेको छ। बाढीपछि थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरलाई पनि मूल्याङ्कनमा समावेश गरिएको छ।

दुवै प्रारम्भिक मूल्याङ्कनलाई समेटेर सरकारले साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। सोही प्रतिवेदनका आधारमा राहत, लगानी जुटाउने तथा पुनर्निर्माण र पुनर्स्थापनाका कार्यक्रम अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij