२०८३ भाद्र ३० मंगलबार

प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्न संझौता

ई आर्थिक    शुक्रबार, पौस ४ २०७६
8.3K
Shares
प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्न संझौता

ई–आर्थिक, काठमाडौं । काठमाडौंका कमलपोखरीमा रहेको प्राइम कमर्सियल बैंकले काठमाडौंकै न्यूप्लाजामा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।

सो सम्वन्धमा दुबै बैंकले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई महिना भित्रै एकिकृत कारोबार गरिसक्ने बैंकले जानकारी दिएको छ ।

कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुने बैंकका कम्पनी सचिब सन्तोष बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij