ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ल्याएको उक्त शाखा १९९ औं हो । बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले एक समारोह बिच गरेका थिए ।
बैंकको बयलबासमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी मनोजकुमार देवकोटाले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । सो अवसरमा उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको समेत बताए ।
बैंकको उक्त शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको उक्त शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानिको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बयलबास शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह विश्वास पनि बैंकले लिएको छ ।