२०८३ भाद्र ३० मंगलबार

माछापुच्छ्रे बैंकको सबै एटिएम र पिओएसमा मास्टर कार्ड चल्ने

ई आर्थिक    शनिबार, मंसिर १४ २०७६
10.2K
Shares
माछापुच्छ्रे बैंकको सबै एटिएम र पिओएसमा मास्टर कार्ड चल्ने

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंक अबदेखि मास्टर कार्ड सञ्जालमा आबद्ध भएको छ । अब बैंकका सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुले मास्टर कार्ड स्विकार गर्ने छ।

बिदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधाका लागि बैंक मास्टर कार्ड सँग आबद्ध भएको बैंकले बिज्ञप्तीमार्फत जानकारी दिएको छ। अब मास्टर कार्ड होल्डरले बैंकको १ सय ७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भु्क्तानी गर्न सक्नेछन् ।

बैंकले निकट भबिश्यमै आफ्ना ग्राहकहरुका लागि मास्टर कार्ड जारी गर्ने जनाएको छ। बैंकले हाल १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु मार्फतबाट बैंकिङ सुविधा दिइरहेको समेत बिज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij