२०८३ साउन ९ शनिबार

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित

ई आर्थिक    सोमबार, फाल्गुन ३० २०७३
6.6K
Shares
बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित

३० फागुन, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् ।

नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका हुन् ।

सो केन्द्रमा दिव्यपुरीमा रहेका लालीमा कृषि सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारी, महिला बहुउद्देश्य र कञ्चन कृषि सहकारीको डेढ करोड र नेपाल सरकारको रु तीन करोड लगानीमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij