काठमाडौं २७ फागुन । सेयर खरिद विक्री प्रक्रिया अब अनलाईनबाटै हुने भएको छ । अनलाइन प्रक्रियाको लागि बोर्डले सम्बन्धित कम्पनीहरुलाई परिपत्रसमेत गरेको छ ।
धितोपत्र दलाल व्यवसायीहरुले आफ्नो कारोवार, अभिलेख तथा सूचना प्रवाह व्यवस्थापन सम्वन्धमा हाल नेपाल स्टक एक्सचेञ्जवाट स्वीकृत व्याकअफिस सफ्टवेर प्रयोग गरिरहेको परिप्रेक्ष्यमा लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी यो प्रक्रियामा आउन बोर्डले परिपत्र जारी गरेको हो ।
यो प्रक्रिया पुरा भएपछि धितोपत्रको कारोवार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटो छरितो र लगानीकर्तामैत्री हुने विश्वास धितोपत्र बोर्डको रहेको छ । त्यसबाट ब्रोकर कार्यालयमा रहने कारोवार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न धितोपत्र दलाल व्यवसायीहरुले हाल उपयोग गरिरहेको स्वीकृत ब्रोकर व्याकअफिस सफ्टवेरमा आवश्यक सुधार÷थप गरी शीघ्र देहाय अनुसारको सुविधा प्रदान गर्ने व्यवस्था गर्न बोर्डबाट परिपत्र गरिएको छ ।
क. लगानीकर्ताहरुले धितोपत्रको खरिद बिक्रीआदेश दिदाँ ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्ताहरुलाई केवाईसीको आधारमालगानीकर्ता स्वयंलाई युजरनेम र पासवर्ड दिई इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था गर्ने ।
ख. लगानीकर्ताहरुबाट इन्टरनेट मार्फत प्राप्तखरिद बिक्रीआदेशलाई समय प्राथमिकताको आधारमाखरिद बिक्री प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउने ।
ग. धितोपत्र कारोवार सम्बन्धीविवरण÷सूचना समेत लगानीकर्ताहरुले इन्टरनेट मार्फत पाउन सक्ने व्यवस्था गर्ने ।
उपर्युक्त व्यवस्थाबाट धितोपत्र खरिद बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्तः भई धितोपत्रको कारोवार प्रकृया थप सहज, सरल र छिटो छरितो बनाउन तथा यस सम्बन्धी अभिलेख सुदृढ भई यसले लगानीकर्ताहरुलाई विशेष सुविधा हुने तथा दोस्रो बजारको कारोवारमा स्थलगत तथा परिणात्मक रुपमा व्यापकता आई नयाँ अध्याय थप्ने बोर्डको अपेक्षा रहेको छ ।