२०८३ साउन ११ सोमबार

बेतान कर्णलीलाई नबिल र एसबीआईका साथ

ई आर्थिक    शुक्रबार, चैत्र ३० २०७४
3K
Shares
बेतान कर्णलीलाई नबिल र एसबीआईका साथ

काठमाडौं । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश शेयर लगानी रहेको बेतन कर्णाली जलविद्युत आयोजनालाई नबिल र एसबीआई बैंकले ऋण लगानी गर्ने भएका छन् । सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडले सुर्खेत जिल्लाको चौकुने गा.बि.स. स्थित बेतान भन्ने स्थानमा निर्माण गर्न लागेको छ ।

कर्मचारी सञ्चय कोष र नेपालका अग्रस्थानमा रहेका बाणिज्य बैंक नेपाल एसबीआई बैंक तथा नबिल बैंक बीच आयोजनाको लागि आवश्यक कूल ऋण मध्ये आशिंक ऋण (२५ अर्ब रुपैयासम्म) बैकिङ्गसहबित्तीयकरण समुह गठन गरि ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट औपचारीक रुपमा आयोजनाको ऋणव्यवस्थापनको कार्य अगाडि बढ्ने छ ।

कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा आयोजित एक समारोह बिच कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कार्यवाहक प्रशासक दीपक रौनियार नेपाल एसविआई बैंकको तर्फबाट प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभयो ।

कम्पनी ऐन, २०६३ बमोजिम २०७४ साल बैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडको अधिकृत पूँजी रु. २० अर्ब र जारी पूजी रु. १० अर्ब रहेको छ । जसमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिव ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको चालीस प्रतिशत शेयर स्वामित्व रहेको छ भने कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल बिद्युत प्राधिकरण १० प्रतिशत, बिद्युत उत्पादन कम्पनीको १० प्रतिशतर बाँकी २५ प्रतिशत सर्बसाधारण नेपाली नागरिक, आयोजना प्रभावित जिल्लाका वासिन्दा र अति बिपन्न परिवारको शेयर स्वामित्व रहनेछ ।

हाल कम्पनी सञ्चालनमा कर्मचारी सञ्चय कोष, नेपाल बिद्युत प्राधिकरण रबिद्युत उत्पादन कम्पनीबाट संस्थागत प्रतिनिधिहरु १–१ जना र कम्पनीले शेयर प्रमाणपत्र बितरण नगर्दासम्म कोषको कार्यबिधि बमोजिम सञ्चयकर्ताको प्रतिनिधित्व हुने गरी कोष संचालक समितिले मनोनयन गरेको ३ जना गरी जम्मा छ सदस्यीय सञ्चालक समिति क्रियाशीलरहेको छ ।

बेतन कर्णाली जलबिद्युत आयोजनाको बिस्तृत परियोजना प्रतिबेदन तयारीको कार्य एनईए इन्जिनीयरिङ्ग कम्पनी भैरहेको र ड्राफ्ट इन्सपेक्सन रिपोर्ट निर्माणको कार्य अगाडि बढी रहेको छ ।

कम्पनीको बित्तीय स्रोत ब्यवस्थापनका लागि देशको बित्तीय बजारमा अग्रीणी भूमिका भएको मुख्य प्रर्बद्घक मध्येको कर्मचारी सञ्चय कोषलाई कम्पनीले अनुरोध गरेबमोजिम बित्तीय स्रोत जुटाउने जिम्मेवारी कोषको काँधमा आएको छ । सो आयोजनाको कुल लागत बिस्तृत परियोजना प्रतिबेदन प्राप्त भैसकेपछि निश्चित हुने भएता पनि करिव ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको छ । सो लागत मध्ये ३० प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँशेयर पूँजीबाट र बाँकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपैयाँ ऋण ब्यवस्थापन गर्नुपर्ने छ ।

कोषले आयोजना निर्माणका लागि आवश्यक ऋण हाललाइ तीन वटा श्रोत हरु जस्तै बैंक बत्तीय संस्थाहरु बीचको सहबित्तीयकरण कर्जा, गैर बैंकिङ बित्तीय तथा अन्य संस्थाहरु, ठूला कोषहरु, सार्वजनिक तथा निजी क्षेत्रका अन्य संस्थाहरुबाट कर्जा र वित्तीय उपकरणहरु अवलम्बन गरी बित्तीय स्रोत जुटाउने लक्ष्य लिएको जानकारी दिएको छ ।

नेपालका बाणिज्य बैंकहरुको अग्रस्थानमा रहेको र मझ्यौला तथा ठूला जलबिद्युत आयोजनाको क्षेत्रमा लगानी गरी अनुभव प्राप्त नेपाल एसबीआई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडले अन्य वाणिज्य बैंकहरु संगको सहकार्यमा सहबित्तीयकरण समुह गठन गरी लगानी जुटाउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सरकारको मुख्य उद्येश्य नै देशमा विद्यमान जलस्रोतको उपयोग गरी कम लागतमा विद्युत उत्पादन गर्ने रहेको सन्र्दभमादेशमा बिद्युतको बिकास एबं बितरणमा अग्रीणी भूमिका भएको नेपाल बिद्युत प्राधिकरण र बिद्युत उत्पादनका लागि स्थापना भएको बिद्युत उत्पादन कम्पनी लिमिटेड जस्ता सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाहरु तथा कोषका करिव ५ लाख ५० हजार सञ्चयकर्ताको योगदानबाट आयोजनाको निर्माणसुनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij