२०८३ असोज १ बिहिबार

सप्तरीको रुपनीमा राजपा नेपाल विजयी

ई आर्थिक    शुक्रबार, असोज ६ २०७४
7.8K
Shares
सप्तरीको रुपनीमा राजपा नेपाल विजयी

२०७४ असोज ६ शुक्रबार, २०७४ । सप्तरीमा राष्ट्रिय जनता पार्टीको अर्को स्थानीय तहमा पनि जित भएको छ ।

जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव ४ हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामनारायण इसर (राजधोव) ले २ हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।

यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले ३ हजार ९३६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै भोलेश्वरीदेवी चौधरीले २ हजार ६९७ मत प्राप्त गर्नुभयो ।

यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्लामा पहिलोपटक प्रमुख र उपप्रमुख पदमा विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij