२०८३ असोज ६ मंगलबार

आगजनीपछि भाटभटेनीको टङ्गालस्थित मुख्य कार्यालय पुनः सञ्चालनमा

ई आर्थिक    सोमबार, असोज ५ २०८३
608
Shares
आगजनीपछि भाटभटेनीको टङ्गालस्थित मुख्य कार्यालय पुनः सञ्चालनमा

काठमाडौं । २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य कार्यालय पुनः सञ्चालनमा आएको छ।

आगजनीपछि क्षतिग्रस्त भवनलाई भाटभटेनीका सञ्चालकले पुनःस्थापना तथा पुनर्निर्माण गरी पुरानै स्वरूपमा तयार पारेपछि आजदेखि कार्यालयको औपचारिक रूपमा पुनःशुभारम्भ गरिएको हो।

आगजनीका कारण भवनमा ठूलो क्षति पुगेपछि लामो समयदेखि पुनःस्थापना तथा पुनर्निर्माणको काम भइरहेको थियो। पुनर्निर्माण सम्पन्न भएपछि कार्यालयलाई पुरानै स्वरूपमा सञ्चालनमा ल्याइएको भाटभटेनीले जनाएको छ।

पुनः सञ्चालनसँगै टङ्गालस्थित मुख्य कार्यालयबाट भाटभटेनीको नियमित प्रशासनिक तथा व्यवस्थापकीय गतिविधि पुनः सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij