२०८३ असोज ५ सोमबार

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब ८८ करोड ९० लाख मौज्दात

ई आर्थिक    सोमबार, असोज ५ २०८३
133
Shares
प्रधानमन्त्री राहत कोषमा १४ अर्ब ८८ करोड ९० लाख मौज्दात

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८ सय ७१ रुपैयाँ मौज्दात छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट सरकारले यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij