२०८३ भाद्र ३० मंगलबार

रास्वपा सांसदले विपद् उद्धार कोषमा थप २७ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
152
Shares
रास्वपा सांसदले विपद् उद्धार कोषमा थप २७ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप करिब २७ लाख १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।

संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट प्रत्येक सदस्यले न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ।

यसअघि नै रास्वपाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ। उक्त रकममा संसदीय दलका सदस्यहरूको मासिक लेवीसमेत समावेश गरिएको जनाइएको छ।

त्यसबाहेक सांसदहरूले व्यक्तिगत रूपमा समेत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन्। संसदीय दलका सदस्यबाट न्यूनतम १५ हजार रुपैयाँका दरले संकलन हुने रकम करिब २७ लाख १५ हजार रुपैयाँ पुग्ने बुर्लाकोटीले बताउनुभएको छ।

उक्त रकम भोटेकोशीमा आएको महाविपद्पछि सरकारले सञ्चालन गर्ने खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने विश्वास रास्वपाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij