२०८३ भाद्र ३० मंगलबार

पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन मन्त्री पोखरेलको जोड

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
114
Shares
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन मन्त्री पोखरेलको जोड

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयलाई समयअनुकूल, प्रविधिमैत्री र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

विश्वविद्यालयका पदाधिकारीसँगको अन्तरक्रियामा मन्त्री पोखरेलले शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग र सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले परीक्षाको नतिजा छिटो सार्वजनिक गर्ने वातावरण बनाउन तथा विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको प्रभावकारी उपयोग गर्न आग्रह गर्नुभयो।

उहाँले विश्वविद्यालयका समस्या र प्राथमिकताका योजनामा मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।

उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउन डिजिटलीकरण तथा विद्युतीय सुशासनलाई प्राथमिकता दिइने बताउनुभयो।

अन्तरक्रियामा विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक सुधार, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा अस्पताल सञ्चालनको तयारीलगायत विषयमा छलफल भएको थियो।

मन्त्री पोखरेलले मधेश प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरीका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गरी विद्यालयका समस्या तथा सुधारका सुझावबारे जानकारी लिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij