२०८३ भाद्र २५ बिहिबार

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
627
Shares
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री साहले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याललगायतको उपस्थिति थियो ।

निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

साह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका थिए । फागुन २१ गतेको निर्वाचनअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए ।

जलवायु परिवर्तनलगायतका विषयमा सक्रिय रहेर काम गर्दै आएका साहलाई रास्वपाभित्र प्राविधिक पृष्ठभूमिका प्रभावशाली नेताका रूपमा हेरिँदै आएको छ ।

साह प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंहनिकट रहेको चर्चा हुँदै आएको छ । उनलाई प्रधानमन्त्री शाहकै सक्रियतामा रास्वपामा प्रवेश गराइएको दाबीसमेत गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij