२०८३ भाद्र २४ बुधबार

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट रु. ५६ लाखभन्दा बढी सहयोग

ई आर्थिक    बुधबार, भाद्र २४ २०८३
171
Shares
एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट रु. ५६ लाखभन्दा बढी सहयोग

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सबाट रु. २१ लाख सहयोग गरिएको छ। उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो।

यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूबाट समेत प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब रु. ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीहरूबाट बाढी प्रभावितका लागि रु. ५६ लाखभन्दा बढी सहयोग जुटाइएको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्नुका साथै शाखा सञ्जाल विस्तारमार्फत पुँजी बजारको पहुँच र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ।

यस पहलमार्फत प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग थप जोड्न तथा दीर्घकालीन रूपमा स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij