२०८३ भाद्र २२ सोमबार

प्रधानमन्त्री शाह असोज ६ गते राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका जाने

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
608
Shares
प्रधानमन्त्री शाह असोज ६ गते राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाने भएका छन्। उनी महासभामा सम्बोधन गरी असोज ९ गते स्वदेश फर्किने तय भएको छ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालमा जलवायु परिवर्तनका कारण देखापरेका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

विशेषगरी भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलवायु परिवर्तनको असर र त्यसबाट नेपालले भोग्नुपरेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरिएको हो।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री सहभागी हुने तयारी थियो। तर, पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भई नेपालको धारणा राख्ने भएका छन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी रहेको बताइएको छ।

भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपालले जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ। महासभा प्रधानमन्त्री शाहका लागि यही विषयलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij