२०८३ भाद्र २२ सोमबार

कुमारी बैंक ग्लोबल कार्बन एकाउन्टिङ एलायन्समा आबद्ध

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
171
Shares
कुमारी बैंक ग्लोबल कार्बन एकाउन्टिङ एलायन्समा आबद्ध

काठमाडौं । कुमारी बैंक लिमिटेड ग्लोबल कार्बन एकाउन्टिङ एलायन्स (PCAF) मा आबद्ध भएको छ। बैंकले पीसीएएफको सदस्य बनेसँगै आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधि प्रयोग गरी वित्तीय गतिविधिबाट हुने उत्सर्जनको मापन र खुलासा गर्ने बैंकले जनाएको छ। यसबाट बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यास थप सुदृढ हुने अपेक्षा गरिएको छ।

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कदम भएको बताएका छन्। वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्यमा आधारित जानकारीले जलवायु रणनीति, जोखिम व्यवस्थापन र भविष्यका वित्तीय निर्णयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

सन् २०१९ मा स्थापना भएको पीसीएएफमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध रहेको बैंकले जनाएको छ। सदस्य संस्थाहरूले आफ्ना ऋण तथा लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जन मापन र खुलासा गर्न साझा मापदण्ड प्रयोग गर्दै आएका छन्।

कुमारी बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना वित्तीय तथा सञ्चालन गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij