२०८३ भाद्र २२ सोमबार

‘शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार ‘ भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
741
Shares
‘शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार ‘ भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित ४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) मनाउने भएको छ ।

यस क्रममा २०८३ असोज ५ गते विभिन्न जिल्लामा प्रदर्शन, संवाद लगायतका कार्यक्रम आयोजना हुने छ ।

स्मरणीय छ, शान्ति समाजले विगत दुई दशकदेखि जलवायु न्याय केन्द्रित अभियान सञ्चालन गर्दै आएको छ भने हरित गृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्वरमा रहेका चीन र भारतको कारण हिमालय प्रभावित भएको हुँदा ती देशहरूबाट क्षतिपूर्ति उपलब्ध गराउन नेपालले अभियान अगाडि बढाउनुपर्छ भन्ने धारणासहित हिमालय बचाउ नदी जोगाउ अभियान समेत सञ्चालन गर्दै आएको छ । यसैगरी शान्ति समाजले हिमालय संरक्षणका विषयमा केन्द्रित रही चीन र भारतसँग सहकार्यमा निरन्तर जोड दिँदै आएको छ ।

२०६४ सालमा “जलवायु परिवर्तनका कारण विस्थापित÷शरणार्थी हुनसक्ने सम्भावना र त्यसका कारण, मात्रा (सङ्ख्या) आदिबारे समयमै पहिचान गरी सम्भावित प्राकृतिक विपत्तिको सामना तथा व्यवस्थापन गर्न राज्य गम्भीर भई त्यस्तो बेला उद्धार, राहत र पुनर्वासका लागि आवश्यक जनशक्तिसहितको बलियो र स्थायी संयन्त्र र पूर्वाधार खडा गर्नुपर्छ । ” भन्दै शान्ति समाजले देशव्यापी रूपमा अभियान थालेको थियो जुन निरन्तर छ ।

स्मरणीय छ, शान्ति समाजले संविधानको प्रस्तावनामानै “जीवनचक्र परिस्थिति सन्तुलन” समावेश गर्न आह्वानसहित अभियान सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij