२०८३ भाद्र २२ सोमबार

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा स्मृति सभा

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
95
Shares
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा स्मृति सभा

काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले सोमबार स्मृति सभा आयोजना गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित मन्त्रालय तथा विभागका उच्च अधिकारीहरूको उपस्थितिमा भन्सार विभागको प्राङ्गणमा स्मृति सभा गरिएको हो।

भन्सार विभागका अनुसार भोटेकोशी बाढीमा परी कुल १५ जना भन्सार कर्मचारी प्रभावित भएका थिए। तीमध्ये एक जनाको शव भेटिएको छ भने १४ जना अझै बेपत्ता छन्।

बाढीमा परी ज्यान गुमाएका र बेपत्ता कर्मचारीको योगदान तथा सेवाको सम्मान गर्दै उनीहरूको सम्झनामा स्मृति सभा आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

कार्यक्रममा सहभागी अधिकारीहरूले विपद्का क्रममा ज्यान गुमाएका तथा बेपत्ता कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए। साथै, बेपत्ता कर्मचारीको खोजी तथा उद्धारका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij