२०८३ भाद्र २१ आइतबार

ऊर्जामन्त्री श्रेष्ठद्वारा त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका घाइतेसँग भेट

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
627
Shares
ऊर्जामन्त्री श्रेष्ठद्वारा त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका घाइतेसँग भेट

उद्वार गरिएका चिनियाँ नागरिक पनि भेटे

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयाेजनाका कर्मचारी भेट गर्नुभएकाे छ ।

आइतबार दिउँसाे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचारत घाइते कर्मचारी र उनीहरूकाे परिवारसँग भेट गरि स्वास्थ स्थितिबारे जानकारी लिनुभएकाे हाे ।

मन्त्री श्रेष्ठले त्रिशुली थ्री ए जलविद्युत् आयाेजनाबाट उद्वार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेट्नुभएकाे उहाँका प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिनुभयाे । उहाँकाअनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरि हौसला प्रदान गर्नुभएकाे थियाे ।

यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्वार गरिएका चिनियाँ नागरिकसँग पनि भेट्नुभयाे । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेट्नुभएकाे थियाे ।
मन्त्री श्रेष्ठले भन्नुभयाे, `उहाँहरूकाे स्वास्थ अवस्था सुधाराेन्मुख छ । पानी र लेदाेबाट भएका घाउहरू निकाे हुँदैछ । शारीरिक घाउ चाेटहरू निकाे हुन थालेकाे छ । मानसिक र मनाेवैज्ञानिक परामर्श आवश्यक छ ।´

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्वारकर्मी सबैलाई धन्यवाद पनि दिए । `स्वास्थ्यकर्मीले पनि एकदमै राम्राेसँग रेखदेख गर्नुभएकाे छ,´ उहाँले भन्नुभयाे ।

छाउनी अस्पतालका डा. कर्णेल कुमार राेकाले मन्त्री श्रेष्ठलाई घाइतेकाे अवस्थाबारे जानकारी गराउनुभएकाे थियाे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij