२०८३ भाद्र २२ सोमबार

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना फसेको सूचना, उद्धारका लागि सांसद न्यौपाने घटनास्थल जाँदै

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
779
Shares
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना फसेको सूचना, उद्धारका लागि सांसद न्यौपाने घटनास्थल जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्।

सांसद न्यौपानेले आइतबार सामाजिक सञ्जालमार्फत सुरुङभित्र मानिसहरू फसेको जानकारी सार्वजनिक गरेका हुन्। उनले घटनास्थल पुगेर उद्धारको अवस्थाबारे जानकारी लिने तथा आवश्यक सहयोग र सुझाव दिने बताएका छन्।

उनका अनुसार उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञान कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे बुझ्न तथा आवश्यक परे प्रत्यक्ष रूपमा उद्धार कार्यमा समेत खटिने उद्देश्यले आफू घटनास्थलतर्फ प्रस्थान गर्न लागेको हो।

न्यौपानेले सुरुङभित्र फसेकाहरूको उद्धारलाई प्रभावकारी बनाउन आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ। उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु।’

घटनाको विस्तृत विवरण तथा सुरुङभित्र फसेकाहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij