२०८३ भाद्र २१ आइतबार

रसुवा भोटेकोशी बाढीमा १३ हजारभन्दा बढीको उद्धार, ५ हजार अझै बेपत्ता

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
475
Shares
रसुवा भोटेकोशी बाढीमा १३ हजारभन्दा बढीको उद्धार, ५ हजार अझै बेपत्ता

काठमाडौं । रसुवा भोटेकोशी नदी प्रभावित क्षेत्रहरुमा  खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ३ हजार १०४ जनाको उद्धार गरिएको छ भने १ हजार ३४१ शव फेला परेका छन्।

मन्त्रालयका अनुसार अझै करिब ५ हजार जना सम्पर्कविहीन छन्। बेपत्तामध्ये करिब ६ सय जना ३५ देशका विदेशी नागरिक रहेको जनाइएको छ। पछिल्ला तीन दिनमा माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–१ र बेत्रावतीबाट चार जनालाई जीवितै उद्धार गरिएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न निकाय परिचालित छन्। भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीले पनि नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन्। मलेसियाबाट ११ सदस्यीय विशेष विपद् सहायता तथा उद्धार टोली नौ वटा उच्च क्षमताका ड्रोनसहित नेपाल आएको छ।

बाढीबाट करिब ७ हजार ५७० घर, ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। त्यस्तै १३ जलविद्युत् आयोजना, एक सौर्य विद्युत् आयोजना र दुई प्रसारण लाइनमा क्षति पुग्दा ७८३ मेगावाट विद्युत् उत्पादन क्षमता प्रभावित भएको मन्त्रालयले जनाएको छ।

मृतक तथा बेपत्ताको पहिचानका लागि नेपालसहित भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले डीएनए संकलन तथा परीक्षणमा सहयोग गरिरहेका छन्। यसैबीच, प्रभावित क्षेत्रमा सडक, विद्युत् र दूरसञ्चार सेवा पुनःस्थापना गर्ने कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि भारत, चीन, दक्षिण कोरिया, अमेरिका, बेलायत, जापानलगायत विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij