२०८३ भाद्र २१ आइतबार

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुँदै

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
570
Shares
नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुँदै

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आज जारी सूचनामा भनिएको छ “कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।” कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ ।

सवारी आंशिक रुपमा बन्द गरेर तुइन खेलामा समय समयमा गईरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागिएको हो । तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।

सूचनाअनुसार समय समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने छ । नारायणगढ-मुग्लिन सडक बिहान ८ बजेदेखि ८:३० बजे, १०-३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १:३० बजे, ३:५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिने छ । यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij