२०८३ भाद्र १९ शुक्रबार

त्रिवि शिक्षण अस्पताल ल्याइएका १९३ शवमध्ये २४ को पहिचान

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०८३
152
Shares
त्रिवि शिक्षण अस्पताल ल्याइएका १९३ शवमध्ये २४ को पहिचान

काठमाडौं । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए।

त्यस्तै, अस्पतालमा ल्याएको हालसम्ममा २४ जनाको शवमात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ।

अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शबका विभिन्न अंगसहित १६१ शवको व्यवस्थापन भएको डा चौधरीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij