२०८३ भाद्र १७ बुधबार

कानून मन्त्री गौतम र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

ई आर्थिक    बुधबार, भाद्र १७ २०८३
494
Shares
कानून मन्त्री गौतम र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

जलवायु वित्तका लागि बेलायतले नेपाललाई बलियो समर्थन जनाउनेछ : राजदूत फेन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नु भएको छ ।

बुधबार मन्त्रालयमा भएको भेटमा राजदूत फेनले मन्त्री गौतमलाई भोटेकोशी बाढीले निम्त्याएको अप्रत्याशित क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दै सम्पर्क विहिन व्यक्तिहरू प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

भेटका क्रममा जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उठाउने विषय राख्नुभयो । राजदूत फेनले नेपाललाई यसमा बेलायतले बलियो समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको कानून मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री गौतमले अप्रत्याशित बाढीले अबको विकासका कार्य उत्थानशील (विपद् प्रतिरोधी विकास) हुन आवश्यक भएको र यसलाई नेपालले प्राथमिकता दिने बताउनुभयो। उहाँले दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दातृ निकायको सहयोगको निरन्तरता हुने अपेक्षा गर्नुभयो ।

राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पून: स्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij