२०८३ भाद्र १५ सोमबार

रसुवामा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह सञ्चालन गर्ने तयारी

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
228
Shares
रसुवामा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह सञ्चालन गर्ने तयारी

काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ ।

प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको हो । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ ।

साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्नका निम्ति मेसिनको पासवर्ड रिसेट गर्न आवश्यक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ ।

आवश्यक प्राविधिक सहयोग जुटेमा आज साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको छ ।

बाढीबाट प्रभावित तथा तत्काल विद्युत प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा नियमित आपूर्ति पुनःस्थापनाको कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij