२०८३ भाद्र १५ सोमबार

बाढीले डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन र डेढ करोड नगद सुरक्षित निकालियो

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
779
Shares
बाढीले डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन र डेढ करोड नगद सुरक्षित निकालियो

नुवाकोट ।  बाढीका कारण डुबेको नुवाकोटस्थित कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुन, डेढ करोड रुपैयाँ नगद तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा निकालिएको छ।

गत १० भदौमा आएको बाढीका कारण बैंकको शाखा डुबानमा परेको थियो। बैंकभित्र रहेका बहुमूल्य धातु, नगद तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सार्न प्रहरी र उद्धार टोलीले करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेका थिए।

लामो प्रयासपछि बैंकभित्र रहेका सुन, नगद तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा निकालेर अन्यत्र सारिएको प्रहरीले जनाएको छ।

बाढीका कारण बैंकको भौतिक संरचनामा क्षति पुगे पनि ग्राहकको सम्पत्ति भने सुरक्षित रहेको प्रहरीको भनाइ छ। बैंकभित्र रहेका बहुमूल्य सम्पत्ति सुरक्षित रूपमा बाहिर निकालिएपछि ग्राहकको सम्पत्तिमा क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij