२०८३ भाद्र १५ सोमबार

रसुवा भोटेकोशी बाढी पीडितहरुका लागि शान्ति समाजद्वारा तीन लाख सहयोग

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
836
Shares
रसुवा भोटेकोशी बाढी पीडितहरुका लागि शान्ति समाजद्वारा तीन लाख सहयोग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भदौ १० गते रसुवाबाट शुरु भएको विनाशकारी बाढीबाट पीडितहरूको सहयोगका लागि   तीन लाख प्रदान गरेको छ ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैकस्थित खातामा भदौ १५ गते जम्मा गरिएको हो ।

शान्ति समाजले स्थापना गरेको १४ वटा स्रष्टा सम्मान पुरस्कार यस वर्ष स्थगन गरिएको छ । सोही पुरस्कारहरूको लागि प्रत्येक वर्ष छुटाइएको २ लाख ८० हजार र समाजका महासचिव प्रकाश शाहीबाट प्राप्त २० हजार गरी कुल तीन लाख रकम बाढी पीडितहरूको सहयोग स्वरूप प्रदान गरिएको हो ।

पुरस्कार स्थापनार्थ अक्षयकोषमा सहयोग गर्ने समाजसेवी बद्रीप्रसाद पहाडीको परिवार, समाजका पूर्व सभापतिहरू गोविन्द खनाल, रामकृष्ण बराल र होमकान्त चौलागाई, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र पूर्व केन्द्रीय सदस्य सुदीप रिजालको सहमतिमै उक्त रकम बाढी पीडितहरूको सहयोगार्थ प्रदान गरिएको हो ।

२०७२ सालको भूकम्प पश्चात् पनि पीडितहरूको सहयोगार्थ शान्ति समाजले प्रधानमन्त्री राहत कोषमा रु दुई लाख सहयोग गरेको थियो भने २३ लाख ९० हजारको राहत सामग्री पीडितहरूलाई सोझै वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij