२०८३ भाद्र १४ आइतबार

बाढीपछि १५ हजारभन्दा बढी बेपत्ता, ७ सय परिवार अझै आफन्तको खोजीमा

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
494
Shares
बाढीपछि १५ हजारभन्दा बढी बेपत्ता, ७ सय परिवार अझै आफन्तको खोजीमा

काठमाडौं ।  नेपालमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ। उपलब्ध विवरणअनुसार बाढीपछि १५ हजार ३५१ जना अझै हराइरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सहयोगका अनुरोध प्राप्त भएका छन्। तथ्यांकअनुसार कुल २४० वटा सहयोग अनुरोध प्राप्त भएकामा १८८ वटा अनुरोध खुला अवस्थामा छन्। त्यस्तै, १५८ वटा अनुरोधलाई अति जरुरी सूचीमा राखिएको छ।

प्राप्त विवरणअनुसार ४५ वटा अनुरोधमा काम भइरहेको छ भने ३ वटा अनुरोध समाधान भइसकेका छन्।

खोजी तथा उद्धारतर्फ भने २ हजार ५११ जना भेटिएको वा रिपोर्ट भएको देखाइएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार २५४ जनासम्बन्धी रिपोर्ट प्राप्त भएको तथ्यांकमा उल्लेख छ।

बाढीपछि आफ्ना आफन्तको अवस्था थाहा पाउन नसकेका परिवारको पीडा अझै कम भएको छैन। उपलब्ध विवरणअनुसार ७ सय परिवार आफ्ना बेपत्ता आफन्तको प्रतीक्षामा छन्।

बेपत्ता हुनेमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि उल्लेख्य छ। तथ्यांकअनुसार १८ वर्षमुनिका ६७७ बालबालिका तथा ६० वर्षभन्दा माथिका ४१२ ज्येष्ठ नागरिक हराइरहेका छन्।

उद्धार तथा खोजी कार्य निरन्तर जारी रहे पनि ठूलो भौगोलिक क्षेत्र, अवरुद्ध सडक, सञ्चार सम्पर्कमा आएको समस्या तथा अन्य पूर्वाधारमा भएको क्षतिका कारण बेपत्ता व्यक्तिको खोजी चुनौतीपूर्ण बनेको छ।

उपलब्ध तथ्यांकले बाढीबाट भएको मानवीय क्षतिको गम्भीरता मात्रै देखाउँदैन, अझै हजारौँ परिवार आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेको दर्दनाक अवस्था समेत उजागर गरेको छ। बेपत्ता व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिन सम्बन्धित निकायसमक्ष थप चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij