२०८३ भाद्र १४ आइतबार

रसुवामा बाढीपछि मकवानपुरका मिलन गोपाली सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
152
Shares
रसुवामा बाढीपछि मकवानपुरका मिलन गोपाली सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

काठमाडौं । रसुवामा आएको बाढीपछि मकवानपुरको चित्लाङका मिलन गोपाली सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार गोपाली बा.६ ख ४५२० नम्बरको ट्रकसहित रसुवा नाकातर्फ रहेका थिए।

गोपालीसँग  भदौ १० गते बिहान ८ बजेर १२ मिनेटसम्म परिवार तथा आफन्तजनको सम्पर्क भएको थियो। त्यसपछि भने उनी हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ।

बाढीका कारण रसुवामा जनधनको ठूलो क्षति भएको र विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भइरहेका बेला गोपालीको अवस्थाबारे परिवार चिन्तित बनेको छ।

परिवारले गोपालीलाई कसैले कतै देखेको, भेटेको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल सम्पर्क गरिदिन आग्रह गरेको छ।

गोपालीबारे कुनै जानकारी भए ९८४५१४९७०६ वा ९८४५०२८२९१ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

साथै, गोपालीको सकुशल खोजी तथा परिवारसँग पुनः सम्पर्क गराउन सहयोग पुग्ने भन्दै परिवारले उक्त सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याइदिनसमेत अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij