२०८३ भाद्र १४ आइतबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ४ करोड १ लाख सहयोग

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
209
Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त मानवीय कार्यमा ऐक्यबद्धता जनाएको हो।

बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

त्यसैगरी, घटनापछि हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij