२०८३ भाद्र १३ शनिबार

अर्घाखाँची घर भएकी ७ वर्षीया बालिकाको चार दिनपछि माटोमा पुरिएको अवस्थामा जीवितै उद्धार

ई आर्थिक    शनिबार, भाद्र १३ २०८३
76
Shares
अर्घाखाँची घर भएकी  ७ वर्षीया बालिकाको चार दिनपछि माटोमा पुरिएको अवस्थामा  जीवितै उद्धार

रसुवा : भोटेकोशी नदीमा आएको बाढीको चार दिनपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ।

बाढीपछि माटोमा पुरिएकी शिरगङ्गा इचाई मगरलाई सशस्त्र प्रहरी बल नेपाल, २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले शनिबार दिउँसो जीवितै उद्धार गरेको हो।

उद्धारका क्रममा बालिका हिलाम्मे अवस्थामा भेटिएकी थिइन्। गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी उनलाई तत्काल हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे पुर्‍याइएको थियो।

धुन्चे अस्पतालका वरिष्ठ सर्जन डा. सुनीलकुमार दासका अनुसार बालिकाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं रेफर गरिएको छ।

यसअघि बालिकाकी आमा गीता इचाई मगर र बुबा लोकबहादुर उचाईलाई पनि सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिए।

अर्घाखाँची स्थायी घर भएकी गीता इचाई मगर हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत रहेको बताइएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि टिमुरे क्षेत्रमा ठूलो मात्रामा माटो तथा भग्नावशेष जमेको थियो। उद्धार टोलीले खोजी तथा उद्धारका क्रममा बालिकालाई जीवित अवस्थामा फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij