२०८३ भाद्र ११ बिहिबार

रसुवा भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
133
Shares
रसुवा भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

भोटेकोशीको तीव्र बहावले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा व्यापक कटान तथा डुबान निम्त्याएको छ।

यस विपद्का कारण सयौँ नागरिकले ज्यान गुमाएका छन्, कैयौँ बेपत्ता भएका छन् भने सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल र जलविद्युत् आयोजनाहरू बगाएर ठूलो भौतिक क्षति पुर्‍याएको छ।

बैंकले बाढी-पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको यो रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा उपयोग हुनेछ।

राष्ट्रिय संकटको घडीमा नागरिकलाई सहायता पुर्‍याउन अग्रपंक्तिमा रहँदै आएको यस बैंकले यसअघि पनि भूकम्प, बाढी-पहिरो र महामारीजस्ता विपद्हरूमा निरन्तर सहयोग गर्दै आएको छ।

उत्कृष्ट प्रविधि र ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ का साथै सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि जितिसकेको छ। साथै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू पनि बैंकले हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij