२०८३ भाद्र ८ सोमबार

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

ई आर्थिक    सोमबार, भाद्र ८ २०८३
912
Shares
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलवस्तु ।  मायादेवी गाउँपालिका-५, सिहोरहवामा करिब १२ करोड रूपैयाँको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो।

प्रबन्धक ओमशंकर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक ४ हजार ५ सय मेट्रिकटन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ। राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे।

उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ। ‘मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने। उद्योगले हाल प्रतिलिटर ३६५ रूपैयाँमा तेल बिक्री गरिरहेको छ।

मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij