२०८३ भाद्र १० बुधबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उद्यमी-व्यवसायी लक्षित योजना, ५.७५ प्रतिशत ब्याजदरमै एसएमई कर्जा

ई आर्थिक    सोमबार, भाद्र ८ २०८३
988
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उद्यमी-व्यवसायी लक्षित योजना, ५.७५ प्रतिशत ब्याजदरमै एसएमई कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) लक्षित कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा उपलब्ध गराउने जनाएको हो।

बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ। व्यवसायी तथा उद्यमीको व्यवसायको प्रकृति, आवश्यकता, क्षमता र कर्जाको उपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ।

एसएमई कर्जामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानीलगायत व्यवसायको आवश्यकताअनुसार वित्तीय स्रोत जुटाउन सक्ने बैंकले जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हाल देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ।

बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij