काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व संवाद’ कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने भन्दै प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।
उनले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त विकल्प नभएको बताए। कार्यक्रममा बोल्दै उनले भने, “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ, तर अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ।”
अर्थमन्त्री वाग्लेले अन्य मुलुकमा समेत नोटबन्दीको अभ्यास गरिएको भए पनि त्यसको परिणाम अपेक्षाअनुसार प्रभावकारी नदेखिएको बताए।
उनका अनुसार नोटबन्दीबाट अपेक्षित उपलब्धि हासिल भएका उदाहरण कम रहेकाले नेपालमा पनि तत्काल यस्तो कदम चाल्ने विषयमा सरकारले विचार नगरेको हो।