२०८३ भाद्र ५ शुक्रबार

नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः शिक्षामन्त्री पोखरेल

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०८३
399
Shares
नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः  शिक्षामन्त्री पोखरेल

धनगढी  । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुुझाव सङ्कलन भइरहेको बताएका छन्।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट सुझाव नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरीरहेको मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि सातै प्रदेशमा आएका सुझावहरु सङ्कलन भइरहेको बताए । उनले सात दिन अगाडि कोशी प्रदेशबाट सुरु गरीएको शिक्षा संवाद कार्यक्रम मधेस प्रदेश, बागमती प्रदेश, लुम्बनी प्रदेश र कर्णाली प्रदेशमा आयोजना भएको बताए  ।

मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधार सम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij